२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

360
Shares

काठमाडौं – बिहीबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंकले घटेर २५९९.१५ को विन्दुमा पुगेको छ।

आज ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोडको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूहको परिसूचक स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij