२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न

490
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको साधारण सभा असोज १४ गते सम्पन्न भएको हो। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको छ।

बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij