२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा

345
Shares

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३१ करोड ९१ लाख रुपैयाँका आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ। प्रस्तावअनुसार बोनस सेयरको मूल्य ६ करोड ५९ लाख ५५ हजार रुपैयाँ र नगद लाभांशको रकम ७ करोड ९१ लाख ४६ हजार रुपैयाँ हुन्छ।

बैंकले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिन बाँकी छ। स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्नुपर्नेछ। त्यसपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij