काठमाडौं– भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका( ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो।
निरन्तर वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेको थियो। स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो। बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij