२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा ३७ करोड ६ लाख

नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा ३७ करोड ६ लाख

580
Shares

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा कम्पनीको जीवन बीमा कोष १०.३५ प्रतिशतले वृद्धि भई १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमा शुल्क १३.८६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ तथा खुद आर्जित बीमा शुल्क १२.५१ प्रतिशतले वृद्धि भई २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ पुगेको छ। रिटेण्ड अर्निङ्ग भने ४३.७६ प्रतिशतले घटेर ४८ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij