२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेनएक्सटी मोटर्सले सार्वजनिक गर्‍यो ‘बोमा ईभी’

जेनएक्सटी मोटर्सले सार्वजनिक गर्‍यो ‘बोमा ईभी’

410
Shares

काठमाडौं – एप्पल, एचपी, डायसन र डेलजस्ता प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डहरूको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रा. लि.ले जेनएक्सटी मोटर्स मार्फत नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको छ ।

कम्पनीले नेपाली सडकका लागि उपयुक्त र स्मार्ट विद्युतीय सवारी बोमा ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएको यो गाडी आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको हो । यो कार सहरभित्रको दैनिक यात्राका लागि वातावरणमैत्री र उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ ।

यस विद्युतीय गाडीमा २९.९ किलोवाटको ब्याट्री र ३५ किलोवाटको मोटर जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । यसलाई साधारण प्लगबाट करिब ७ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । ५ ढोका र ५ सिट क्षमता भएको यो कार कम्प्याक्ट हुनुका साथै यसको भित्री भाग (इन्टेरियर) फराकिलो र आरामदायी रहेको छ ।

विशेषगरी साँघुरो सडकहरूमा सहजै चलाउन र पार्किङ गर्न सकिने भएकाले यो गाडी दैनिक कार्यालय आवतजावत, पारिवारिक प्रयोग र व्यक्तिगत यात्राका लागि उपयुक्त छ । शून्य उत्सर्जन हुने यो कारले दिगो र वातावरणमैत्री भविष्य निर्माणमा योगदान पुर्‍याउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा बोमा ईभी को सुरुआती मूल्य २० लाख ९९ हजार ९९९ तोकिएको छ । कम्पनीका सञ्चालक रक्षित भिमसारियाका अनुसार, “नेपाली उपभोक्ताको स्मार्ट, सुरक्षित, किफायती र वातावरणमैत्री यात्राको आवश्यकतालाई ध्यानमा राखेर यो गाडी ल्याइएको हो ।”

जेनएक्सटी मोटर्सले ग्राहकहरूका लागि उत्कृष्ट बिक्रीपछिको सेवा , स्पेयर पार्ट्सको सहज उपलब्धता र दक्ष प्राविधिक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । हाल सञ्चालन भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा इच्छुक ग्राहकहरूले यो गाडीको प्रत्यक्ष अवलोकन गर्न, थप जानकारी लिन र टेस्ट ड्राइभका लागि दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij