२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

एनपिएलमा आज दुई खेल हुँदै, विराटनगरसँग चितवन र कर्णालीसँग जनकपुर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, विराटनगरसँग चितवन र कर्णालीसँग जनकपुर भिड्दै

220
Shares

काठमाडौँ -नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् ।पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ ।

यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij