काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले बीएचएल इन्भेष्टमेन्ट लिमिटेडमा १ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
लगानी विस्तार गर्ने उद्देश्यसहित बलेफी हाइड्रोपावरले बीएचएल इन्भेष्टमेन्ट लिमिटेड नामक सार्वजनिक कम्पनी स्थापना गरेको हो। कम्पनीका अनुसार उक्त कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ।
बीएचएल इन्भेष्टमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ कायम गरिएको छ। बलेफी हाइड्रोपावरले बीएचएल इन्भेष्टमेन्टमा कुल २ करोड रुपैयाँ पुँजी लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
यसअन्तर्गत बीएचएल इन्भेष्टमेन्टले गत असोज २ गते १ करोड रुपैयाँ बराबरको सेयर पुँजी भुक्तानी गर्न बलेफी हाइड्रोपावरसँग रकम माग गरेको थियो। सोही मागअनुसार असोज १५ गते बसेको बलेफी हाइड्रोपावरको सञ्चालक समिति बैठकले १ करोड रुपैयाँ सेयर पुँजीबापत भुक्तानी गर्ने निर्णय गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij