२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

लक्ष्मी सनराइज क्यापिटलद्धारा बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि सहयोग

लक्ष्मी सनराइज क्यापिटलद्धारा बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि सहयोग

280
Shares

काठमाडौं -लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गत भदौ १०, २०८३ मा रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुका तर्फबाट रु.२१,५७,४१८÷— सहयोग गरेको छ ।
भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीेका कारण प्रभावित नागरिकहरुको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पु¥याउन र प्रभावित समुदायको पुनस्र्थापनामा योगदान गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।
विपद्को यस कठिन परिस्थितिमा सहयोगी समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न तथा कर्मचारीहरुको
व्यक्तिगत योगदानबाट संकलन गरी उक्त रकम राहत कोषमा जम्मा गरिएको जनाएको छ ।
लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले यस विपद्को कारण ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै सकुशल उद्धार गरिएका घाइतेहरुको शीध्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

.

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij