२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

380
Shares

काठमाडौं- नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्। संस्थामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका सञ्चालक रविन रिजालपती बैंकबाट अलग भएपछि सञ्चालक पद रिक्त भएको थियो। त्यसपछि बैंकले नेशनल लघुवित्तको सञ्चालकमा प्रतिनिधित्व गर्न प्रमोद आचार्यलाई मनोनयन गरी पठाएको हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेशनल लघुवित्तको प्रमुख संस्थापक सेयरधनीसमेत हो। नेशनल लघुवित्तको सञ्चालक समितिको २०८३ असोज १२ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई सञ्चालकमा नियुक्त गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij