२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन

340
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य ४०४.६२ रुपैयाँ कायम भएको छ । नेप्सेले बैंकको हिजो अन्तिम कारोबार मूल्य ४२८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश शेयरपछि २५६.१९ रुपैयाँ शेयर मूल्य कायम गरिएको छ । हिजो कम्पनीको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

त्यस्तै, सर्वोत्तम पेन्ट्सको १० प्रतिशत बोनश शेयरपछि शेयर मूल्य १२१३.६४ रुपैयाँ कायम गरिएको छ । हिजो कम्पनीको नेप्सेमा अन्तिम कारोबार मूल्य १३३५ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij