२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

विद्युत नियमन आयोगबाट राप्ती हाइड्रोले हकप्रद निष्काशन गर्न पायो स्वीकृती

विद्युत नियमन आयोगबाट राप्ती हाइड्रोले हकप्रद निष्काशन गर्न पायो स्वीकृती

315
Shares

काठमाडौं – विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ।
आयोगले कम्पनीलाई १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० करोड ८१ लाख २६ हजार २५४ रुपैयाँ ३४ पैसा बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले निर्णय गरी १ बराबर ०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेकोमा आयोगले असोज ८ ते १ बराबर ०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij