काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको आजको दरअनुसार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ। चाँदीको मुल्य शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij