२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

नेपाल डिपिको साधारण सभा आब्हान

नेपाल डिपिको साधारण सभा आब्हान

445
Shares

काठमाडौं- नेपाल डिपि लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभा आगामी २०८३ साल असोज ३० गते शुक्रबार आयोजना गर्ने भएको छ।

कम्पनीको २०८३ असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय, भाटभटेनी, नक्साल, काठमाडौंमा दिउँसो ३ः३० बजे बस्ने निर्णय गरेको हो।

सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij