काठमाडौं- नेपाली बजारमा असोज ९ गते शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij