२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा, निमित्त सीईओमा रेना रिजाल

युनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा, निमित्त सीईओमा रेना रिजाल

745
Shares

काठमाडौं -युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको कामु सिईओको जिम्मेवारीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई दिने निर्णय गरिएको छ । कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा रिजाललाई तोक्ने निर्णय गरेको हो ।

गत बैशाख १३ गते भट्टराई कम्पनीको सिईओमा नियुक्त भएका थिए । उनले नियुक्त भएको तीन महिना पुरा हुने वित्तिकै राजीनामा दिएका छन् ।

कम्पनीकी डेपुटी सिईओ रिजाल अनुभवी बीमा प्रशासक हुन् । हाल उनलाई कामु सिईओको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij