२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न (फोटोफिचर)

नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न (फोटोफिचर)

865
Shares

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपाल(नाडा)ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ । ५० औं स्थापना दिवश तथा स्वर्ण उत्सवका अवसरमा नाडाले दशरथ रंगशाला त्रिपुरेश्वरदेखि याक एण्ड यति होटेल दरबारमार्गसम्म वाकथन तथा प्रभातफेरी गरेको थियो ।

५० वर्षको सहयात्रा वाकाथन कार्यक्रमपश्चात आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जकुमार श्रेष्ठले अटोमोबाइल क्षेत्रमा निजिक्षेत्रको एक खर्बभन्दा बढी लगानी भएको र लाखौं रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले अबको युगमा मोबिलिटी क्षेत्र नवप्रवर्तन, स्मार्ट र प्रविधिमैत्री बन्नुपर्ने बताए ।

गर्भिलो विगतबाट प्रेरणा लिँदै निजिक्षेत्रले आयात मात्र गरेर नहुने भन्दै उनले स्वदेशमै अटो कम्पोनेन्ट र एसेम्बल गर्नतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनाललगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कायक्रमा स्वर्ण उत्सव स्मारिका बिमोचन गरिएको थियो भने नाडाको ५० औं स्थापना दिवशका भिडीयो सन्देश प्रस्तुत गरिएको थियो । नाडाका अध्यक्ष सुरेन्द्रप्रसार उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको धन्यबाद मन्तव्य नाडाका उपाध्यक्ष बिक्रम सिंंहनिया र सञ्चालन महासचिव मिलनबाबु श्रेष्ठले गरेका थिए ।

यो ५० बर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन्। त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ। त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ। त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट बस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भईसकेको छ। नाडा सन् २०१५ देखि ISO 9001:2015 QMS Certified Organization को रुपमा स्थापित रहेको छ। त्यसैगरी नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij