२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

1.1K
Shares

काठमाडौँ -चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

उक्त अवधिमा रु पाँच अर्ब ६५ करोड बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij