२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोटोनलाई कर्पोरेट कमर्सियल भेहिकल अवार्ड

फोटोनलाई कर्पोरेट कमर्सियल भेहिकल अवार्ड

555
Shares

काठमाडौं – कमर्शियल भेहिकल ब्रान्डमध्ये एक फोटोनलाई नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सम्मानस्वरूप प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’ प्रदान गरिएको छ । आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत योगदान गरिएको भन्दै अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड एमएड्ब्लू वृद्धि कमर्सिल भेहिकल प्रा.लिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले एक कार्यक्रममा ग्रहण गरेका छन् ।

यो सम्मानले नेपाली कमर्शियल भेहिकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij