
अर्थ नेपाल पोखरा / स्मार्ट टेलिकमले पोखराको न्यु रोड स्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको स्थापना गरेको छ ।
सेन्टरको उद्घाटन कम्पनीका प्रमुख वाणिज्य अधिकृत राजीव कुमारले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गरिने बताए ।
हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आजबाट प्रारम्भ गरेको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा कम्पनिले जनाएको छ ।
सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने सेन्टरले जनाएको छ । स्मार्ट सेलले यस अघि कुमारी पाटी, पुतली सडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरि सकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij