काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-८ मर्भुङ घर भै ललितपुरको कुमारीपाटी बस्ने १५ वर्षीय सन्देश थापा बेपत्ता भएका छन् । साउन १९ गते दिदीसँग सामान्य झगडा भएपछि कोठाबाट निस्केका सन्देश अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
कोही आफन्तकोमा पनि सन्देश नगएको दिदी सावित्रा थापाले बताइन । सन्देश क्यारेबियन स्कूल महालक्ष्मीस्थान ललितपुरमा नौ कक्षामा अध्ययनरत छन् । सन्देश घर नर्फकेपछि परिवारले सातदोबाटो प्रहरीमा खोजी गरिदिन आग्रह गर्दै निवेदन समेत दिएको छ ।
सन्देशलाई कोही कसैले कतै देखे वा फेला पारेमा नजिकको प्रहरी चौकी वा फोन ९८४७३११५३१,९८४७१०६६३७ र ९८४१५७२२१६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij