२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढि पीडितलाई पर्यटन व्यवसायीद्वारा राहत वितरण

बाढि पीडितलाई पर्यटन व्यवसायीद्वारा राहत वितरण

2.6K
Shares

अर्थ नेपाल पोखरा/ भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिलेराहत सामग्री वितरण गरेको छ ।

४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाखभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो ।

बाढीपीडितलाई राहत सामग्री वितरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले महानगरपालिकाले बाढीको तथ्यांक संकलन गरी विभिन्न तीन चरणमा समस्या समाधान गर्ने तयारीमा जुटेको जानकारी दिए ।

त्यसै कार्यक्रममा बोल्दै उपप्रमुख पार्वती शाहले बाढीका कारण दुःखमा परेकालाई निःस्वार्थ र पवित्र भावनाले मलमपट्टी लगाएर पोख्रेली पर्यटन व्यवसायीले ठूलो गुन लगाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij