२०८३ असोज २२ बिहिबार

Oct 08 2026 Thursday

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

220
Shares

काठमाडौँ- विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कैदीबन्दी, ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ ।

समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।

नख्खु कारागारमा तीन दिनसम्म सञ्चालित शिविरमा ९०७ कैदीबन्दीको आँखा परीक्षण गरी २० जनालाई थप उपचारको सिफारिस र १४६ जनालाई चस्मा र औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ ।

यस्तै सुकेधारास्थित एजिङ केयर सेन्टरमा ८४ जना ज्येष्ठ नागरिक, चामुण्डा माध्यमिक विद्यालयमा ९५४, बुद्ध प्रकाश माध्यमिक विद्यालयमा १३६ र जलुपा माध्यमिक विद्यालयमा ७४२ जनाको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij