२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

190
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको छ ।

सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो साझेदारी महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि आवश्यक सहयोगी पारिस्थितिक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा रहेको छ ।

Esewa

Crest
साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ ।

यस सहकार्यले महिला नेतृत्वका उद्यमहरूले सामना गरिरहेका वित्तीय चुनौतीलाई सम्बोधन गर्दै उनीहरूको वृद्धि तथा उत्थानशीलता अभिवृद्धि गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रहरू लगायतका नवीन वित्तीय उपायहरूको सम्भावनासमेत खोजी गर्नेछ ।

कुमारी बैंक लिमिटेडका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले उक्त साझेदारीले समावेशी तथा दिगो वित्त प्रवद्र्धन गर्दै महिला उद्यमीहरूको वित्त, बजार तथा ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । उनले महिला उद्यमी महासंघ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ्ग क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई थप वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि–उन्मुख बनाउन सहयोग गर्ने लक्ष्य रहेको उल्लेख गरे । साथै, आर्थिक अवसरमा लैङ्गिक समानता प्रवद्र्धन गर्दै थप उत्थानशील, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ यो सहकार्य अघि बढाइएको उनको भनाइ थियो ।

यस सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्रहरू समेत विकास गरिनेछ । उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यवसायिक अभ्यासलाई यस पहलका प्रमुख क्षेत्रका रूपमा अघि बढाइनेछ । यस साझेदारीले नेपालभर महिला उद्यमी तथा महिला नेतृत्वका उद्यमका लागि व्यावहारिक, विस्तारयोग्य तथा दिगो अवसर सिर्जना गर्ने कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ्ग तथा दिगो वित्तमा केन्द्रित रहँदै कुमारी बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो योगदानलाई निरन्तर सुदृढ गर्दै आएको छ । महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमार्फत बैंकले वित्तीय रूपमा सक्षम हरित उद्यमको विकास, सुदृढ मूल्य शृङ्खला निर्माण, रोजगारीका अवसर विस्तार तथा जलवायुमैत्री र दिगो आर्थिक भविष्य निर्माणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

देशभर फैलिएको आफ्नो विस्तृत बैंकिङ्ग सञ्जालमार्फत बैंकले लक्षित समुदायमा यी पहलहरूको प्रभावकारी कार्यान्वयन तथा विस्तार गर्ने जनाएको छ । हाल बैंकसँग २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा रहेका छन् । साथै, डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ सेवा, अन्तर्राष्ट्रिय कार्ड सुविधा लगायत अन्य आधुनिक बैंकिङ्ग सेवामार्फत बैंकले आफ्ना सेवाहरूलाई थप पहुँचयोग्य बनाउँदै समावेशी, उत्थानशील र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई निरन्तर अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij