२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

नेप्से ४.८२ अकंले घट्यो, ४ अर्ब ७६ करोड ४४ लाखको कारोबार

नेप्से ४.८२ अकंले घट्यो, ४ अर्ब ७६ करोड ४४ लाखको कारोबार

410
Shares

काठमाडौं – बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८२ अकंले घटेर २५९८.८९ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड २६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ ।  यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १८ करोड ७२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

बुधबार १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij