काठमाडौं – बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७७ अकंले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
बिहिबार १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij