गाईबाच्छाका सेवक गोपाल

 

आरबी न्यौपाने (गोपाल)
पशु अधिकारकर्मी

काभ्रेमा जन्मेका आरबी न्यौपाने सानैदेखी पशुहरुले सडक तथा अन्य ठाउँमा दुःख पाएको देख्न सक्दैन्थे । त्यसलाई कसरी हुन्छ संरक्षण गर्ने गर्दथे । उनको जीवनको एउटै नारा छ ‘पृथ्वी सबैको साझा हो र यसमा सबैले बाच्न पाउनु पर्दछ ।’ बेबारिसे रहेका गाईबाच्छाहरुको सेवामा सर्मपित न्यौपाने अहिले काठमाडौंको गौशलामा सरकारले दिएको जमिनमा सडकमा बेबारिसे बनेका १५० भन्दा बढि गाईबाच्छाको संरक्षण गर्दै आएका छन् । २०७१ सालमा विधिवत रुपमा संस्था दर्ता गरेका न्यौपानेले मठ मन्दिर गाईबाच्छा बचाउ तथा समाज विकास अभियान संस्था मार्फत काम गर्दै आएका छन् ।

 

बेबारिसे गाईबाच्छा देख्ने वितिकै न्यौपानेको मन रुने गर्दछ । केहि वर्ष पहिले पशुपति क्षेत्रमा भिरमा गाईको बाच्छो लडेर अड्केको रहेछ, त्यसलाई उद्धार गर्न सफल भए । पछि जोरपाटीमा सडकमा बाच्छो मरेको देखेपछि उनको मन धेरै नै रोयो । अनि सहयोगी मनहरुको सहयोगमा संस्था दर्ता गरेर व्यवस्थित रुपमा संरक्षण गर्न थाले अहिले पनि विभिन्न संघसंस्था तथा दाताहरुको सहयोगमा गाई तथा गोरुको संरक्षण हुँदै आएको छ । ठाउँ अभावको कारण भने जति सबैलाई पाल्न नसक्दा उनमा पीडा हुन्छ ।

उनी भन्छन् –‘यदि सरकारले ठाउँ र भौतिक संरचना बनाउने हो भने तिन नम्बर प्रदेशको सबै बेबारिसे गाईबाच्छाको संरक्षण गर्न सक्छु ।’ अहिले पनि सडक तथा अन्या ठाउँहरुका बेबारिसे अवस्थामा जनावरहरु देखिने गरेको छ । नेपालको गाई राष्ट्रिय जनावर हो । हिन्दुहरु गाईले पुजा गर्ने गर्दछन् । तर तिनै गाईहरु सडकमा बेबारिसे अवस्था पुग्ने गरेका छन् । पशुपन्छिको अधिकारको ठुला कुरा गरेपनि आजसम्म त्यसको संरक्षण हुन सकेको छैन् ।

तर न्यौपाने भने कुरा भन्दा पनि काममा लागि रहेका छन् । यीनै गाईको सेवामा खटि रहेका छन् । घरपरिवारलाई भन्दा पनि पशुहरुको सेवामा आफ्नो समय दिइरहका छन् । भगवानको प्रतिकको रुपमा हेर्ने गाईलाई अहिले केवल दुधको लागि मात्र प्रयोग गरेको प्रति उनका असन्तुुष्टि छ । दुध खाएपछि सडकमा नछोड्न उनी सबैलाई आग्रह गर्दछन् ।

 


सरकारले नीति नै बनाउनु पर्ने आवश्यकता उनले देखेका छन् । उनले अहिले गाईहरुको संरक्षणका लागि धेरै दुःख गरेका छन् । सरकारी निकायहरुका ढोकाहरु धेरै नै ढकढकाएका छन् । आश्वासन बाहेक उनले अरु सहयोग पाउन सकेन । पहिले देखी नै बेबारिसे जनावरहरुको औषधी उपचार र देखी खाने व्यवस्था मिलाउँदै आएका उनलाई जनवारहरुको धेरै माया लाग्छ । यि नैको सेवामा आफ्नो जीवन विताउने उनको सपना छ । काभ्रेमा उनले ठुलो गौधाम खोल्ने सपना छ । देशैभरी बेबारिसे जनावरहरुको संरक्षण गर्ने उनको सपना रहेको सुनाउँछन् ।


मान्छे डाटेर छलेर पनि खान सक्ने भएपनि जनावरहरुको कोहि नभएको अनुभुति उनले गरेका छन् । त्यसैले आज उनी दिनरात तिनै जनावरहरुको सेवामा खटिएका छन् । त्यहाँ आएर धेरैले सहयोगको आशा देखाएर नआएउने पनि धेरै रहेका छन्  । ठुलो तारे होटलमा पशुपन्छिको अधिकारको बारेमा ठुलो कुरा भएपनि संरक्षणमा भने काम नभएको उनले बताए ।

हामी सबै पृथ्वीको पाउना भएको हुँदा जनावरहरुको पनि बाच्न पाउने अधिकार भएको उनले बताए । मानिसको राम्रो कर्म गर्न जन्मेको भएपनि तेरो मेरोमा मात्र केन्द्रीत भएका उनले बताए । पहिलेका पुर्खाहरु महान भएको उनले स्पष्ट पारे । जनावरहरुको लागि नै गौचरण बनाए पनि पछि आएर मासिदिँदा समस्या आएको उनले देखेका छन् । सबैको ठाउँ बनाए पनि मानिसहरु आफ्नो स्वार्थमा केन्द्रीत हुँदा जनावरहरुको अधिकार हनन भएको बताउँछन् ।


भाषणको भरमा पशुपन्छि अधिकारकर्मी भएको देख्दा उनको मनमा पीडा हुन्छ । स्टार होटलमा गर्ने खर्च जनावरहरुको संरक्षणमा खर्च गर्ने हो भने धेरै राम्रो हुने उनी बताउँछन् । पशुपन्छिको संरक्षण गर्दा शहर सफा हुन्छ भने उनीहरुको संरक्षण हुने उनको विश्वास छ । नन्दी सेवा स्थलको भौतिक संरचना सबै सहयोगी हातहरुको सहयोगमा निर्माण भएकोे उनले जानकारी दिए ।

मानिसमा मानवियता हराउँदै गएको उनी बताउँछन् । नत्र वृद्धाश्रमको आवश्यकता थिएन उनी प्रति प्रश्न गर्छन ।

प्रस्तुति : मनोज थापा

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.