सौन्दर्यमा सर्मपित

 

रमी बज्रचार्य श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
र्‍याम्पजोन इन्टरटेनमेन्ट प्रा.लि.

रमी बज्रचार्य श्रेष्ठ सानोमा ज्ञानी स्वभावकी थिइन । विस्तारै उमेर बढ्दै गएपछि समाजमा हुने छोरा र छोरीको विभेदको विरुद्ध उनी बोल्न थालिन । गोरखामा जन्मेकी उनी ललितपुरमा हुर्किन । आर्दश कन्या निकेतनबाट एसएलसी र पाटन बहुमुखी क्याम्पसबाट आईए पास गरेकी श्रेष्ठले लण्डनबाट म्यानेजमेन्ट एण्ड लिडरसिपमा स्नातक गरेकी छिन् ।
सानोमा जे देख्यो त्यहि बन्छु भन्ने सोच राख्ने उनी जब बुझ्ने भइन तब अरुले भन्दा केहि फरक गर्नु पर्छ भन्ने सोचका साथ अघि बढिन् । उनले मनि एक्सचेन्ज, विज्ञापन एजेन्सिदेखी विभिन्न शैक्षिक संस्थामा काम गरीन् । पछि आफ्नो यात्रालाई परिर्वतन गर्दै इभेन्टको क्षेत्रमा प्रवेश गरिन । बच्चा बेलादेखी चलचित्र हेर्न रुचाउने उनी सौन्दर्य क्षेत्रमा पनि उनका झुकाब थियो । उनको मनमा मिस नेपालमा भाग लिन्छु भन्ने थियो तर मिस नेपाल हुने समयमा उनको विवाह भएपछि त्यो बाटो पनि बन्द भयो । तर उनी आफु सौन्दर्य प्रतियोगितामा भाग लिन नसकेपनि अरुलाई भाग लिने वातावरण निर्माण गर्ने सोचका साथ सौन्दर्य प्रतियोगिता आयोजना गर्न थालिन । सौन्दर्य प्रतियोगितामा बाहिर सुन्दरता मात्र होइन बौद्धिक सुन्दरता पनि हेरिने उनले बताइन । व्यक्ति सुन्दर हुनका लागि बौद्धिक सुन्दरता पनि आवश्यकता रहेको उनको बुझाइछ । विवाहित महिलादेखी युवा समुहको प्रतियोगिता गर्दै आएकी श्रेष्ठले युवाहरुमा सिक्ने चाहना बढि भएको पाएकी छिन् । विवाहित महिलाहरुको सबैको व्यवस्थापन गरेर काम गर्नु पर्दा गाह्रो हुने गरेको छ । तर अहिले धेरै विवाहित महिलाहरु पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि बाहिर आउन थालेका छन् । घर परिवार, आफ्नो कामको व्यवस्थापनसगंैं आफु भित्र भएको प्रतिभा बाहिर ल्याउन अघि बढेको उनी बताउँछिन् ।
प्रतियोगितामा भाग लिन आउनेहरुमा प्रतियोगिता सकिएपछि धेरै परिर्वतन आएका छन् । जीवन नै एउटा सिकाइ भएको कारण यो एउटा सिक्ने ठाउँ भएको श्रेष्ठको बुझाइछ । प्रतियोगिहरुको परिवारबाट सहयोग पाएको उनले देखेकी छिन् । अभिभावक आफै आएर फर्म भर्नेदेखी टे«डिङको समयमा आएर आफ्ना बच्चाहरुको बारेमा बुझ्ने गरेका छन् । मिस टिन नेशनल, टिन प्रिन्सेस नेपाल, मिस टिन कन्टेस्ट र मिसेस नेपाल ग्राण्ड प्रतियोगिता गर्दै आएको ¥याम्पजोन इन्टरटेनमेन्ट प्रा.लि.की सिइओ श्रेष्ठ इभेन्टको क्षेत्रमा सक्रिय सफल महिलाको सुचिमा पर्छिन । उनी मेहनत र परिश्रमले सफताको मार्गमा अघि बढिरहेकी छिन् ।
सबै काम एक्लै गर्न सक्ने क्षमताकी श्रेष्ठ एक छिन् पनि काम नगरी बस्न नसक्ने बताउँछिन् । पहिला एउटा अफिसमा धेरै कर्मचारीको जिम्मेवारी एक्लैले सम्हालेको अनुभव उनीसंग छ ।
काम गर्न गाह्रो भएपनि त्यसलाई सहज ढंगबाट लिने गरेको बताइन । सानैदेखी फरक खालको काम गर्ने चाहना भएकी श्रेष्ठ सौन्दर्य प्रतियोगितामा महिला आयोजक कम भएको बताउँछिन् । अन्य क्षेत्रमा पनि महिलाहरु कम रहेको उनले देखेकी छिन् । प्राविधिक क्षेत्रमा काम गर्न गाह्रो छ । अस्वस्थ प्रतिस्पार्धले गर्दा पनि गाह्रो हुने गरेको छ  । सबै क्षेत्रमा अलिअलि विकृति भएपनि सौन्दर्य क्षेत्रमा त्यस्तो विकृति नभएको उनी दावी गर्छिन । सौन्दर्य प्रतियोगिताले लुकेर रहेको प्रतिभा बाहिर ल्याउन सक्ने भएको हुँदा धेरै भएको राम्रो हुने श्रेष्ठ बताउँछिन् । जसले पनि आयोजना गर्न पाउने भन्दा पनि केहि नियम भएदेखी सजिलो हुने उनको विश्वास छ । सौन्दर्य प्रतियोगिता र मोडलिङ फरक कुरा भएको श्रेष्ठ बताउँछिन् । सौन्दर्य प्रतियोगिता समाज प्रति उत्तरदायित्व वोध गराउने, व्यक्तित्व विकास जस्ता कुरा सिकाइन्छ । आफ्नो कम्पनिबाट आयोजना भएका प्रतियोगिताका प्रतियोगिहरुलाई विभिन्न अवसर प्रदान गर्ने गरेको बताउँछिन्  ।
उनको विचारमा जीवन भनेको सोचे र भने जस्तो हुबहु नहुन पनि सक्छ तर जुन कर्म गर्दा खुशी प्राप्त हुन्छ त्यही नै वास्तविक सफलता भएको बताउँछिन् । आफु भित्रको प्रतिभा चिन्नका लागि सौन्दर्य प्रतियोगितामा भाग लिन जरुरी रहेको उनी देख्छिन् । भइहेका सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिने उनको सोच छ । परिवारको साथ र सहयोगले यहाँसम्म आएको उनी बताउँछिन् ।
बुबा रत्नकाजी श्रेष्ठ र आमा चमेली श्रेष्र्ठको सन्तानको रुपमा यो संसारमा आएकी श्रेष्ठ श्रीमान्, दुई छोरा र सासुससुराको साथ रमाइरहेकी छिन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.