परिश्रमी मेघा

सानैदेखी अरुको दुःखमा सहयोग गर्न पाउँदा रमाउने मेघा चौधरी अहिले पनि गरिब र दुःखी सेवा गर्न पाउँदा पुण्य प्राप्त भएको अनुभुति गर्छिन । सेवा गर्नका लागि धन मात्र होइन मन पनि चाहिन्छ भन्ने उनको मान्यता । नेपालको प्रतिष्ठित व्यवसायीक घराना चौधरी गु्रपले सञ्चालन गरेको नर्भिक इन्टरनेशल अस्पतालको निर्देशक रहेकी मेघा आफ्नो अस्पतालमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको लागि छुूट्टै बेडको व्यवस्था रहेको बताउँछिन् । सडकमा अलपत्र परेका हुन वा आर्थिक अवस्था कमजोर भएका विरामीको लागि उनी भगवान बनेर पुग्ने गरेकी छिन् ।
साधारण स्वभावकी मेघा सब्य र अनुशासित परिवारमा हुर्केकी हुन  । इन्टेरियर डिजाइनर बन्ने सपना देखेकी मेघा अहिले नर्भिक अस्पतालकी निर्देशकको रुपमा रहेकी छिन् । तर उनी इन्टेरियर डिजाइनर बन्न नपाए पनि अस्पताल तथा अफिसको इन्टेरियर डिजाइन भने आफै गर्ने गरेको बताउँछिन् । पारिवारिक व्यवसायको कारण उनले आफ्नो इच्छा पुरा गर्न नपाए पनि अहिले गरिरहेको कामबाट पूर्ण सन्तुष्टि मिलेको बताउँछिन् । प्रतिष्ठित औद्योगिक घराना चौधरी गु्रपका सदस्य बसन्त चौधरीकी छोरी मेघाले फार्मेसीबाट काम सुरु गरेर अहिले निर्देशक भनेकी हुन  । उनका बुबाले उनलाई सिधै निर्देशकको जिम्मेवारी भने नदिएको उनले बताइन । उनी सानो–सानो काम सिकेर अघि बढेकी हुन । जसले गर्दा आज उनले नेपालको चर्चित अस्पतालको नेतृत्व कुशलताका साथ गरिरहेकी छिन् । आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक बहन गरेकै कारण आज नेपालमा मात्र होइन, विदेशमा समेत नर्भिक अस्पताल लोकप्रिय छ ।

उनले नेपालको चर्चित अस्पतालको नेतृत्व कुशलताका साथ गरिरहेकी छिन् । आफ्नो जिम्मेवारीलाई गम्भिरतापूर्वक बहन गरेकै कारण आज नेपालमा मात्र होइन, विदेशमा समेत नर्भिक अस्पताल लोकप्रिय छ । मेघा सधै काममा विश्वास गर्छिन । ठुलालाई सम्मान र सानालाई माया गर्ने उनको बानी छ । कहिले पनि आफुलाई ठुलो भएको अनुभुति नहुने उनी बताउँछिन् । जीवनमा जति सहयोग ग¥यो त्यतिनै राम्रो हुने उनको विश्वास छ । अरुको आर्शिवादले नै अझ अगाडी बढ्न हौसला मिल्ने र झन प्रगति हुने विश्वास उनमा छ । त्यहि भएर उनी हरपल अरुको सहयोगको लागि तयार हुन्छिन् ।

 

मेघा सधै काममा विश्वास गर्छिन । ठुलालाई सम्मान र सानालाई माया गर्ने उनको बानी छ । कहिले पनि आफुलाई ठुलो भएको अनुभुति नहुने उनी बताउँछिन् । जीवनमा जति सहयोग ग¥यो त्यतिनै राम्रो हुने उनको विश्वास छ । अरुको आर्शिवादले नै अझ अगाडी बढ्न हौसला मिल्ने र झन प्रगति हुने विश्वास उनमा छ । त्यहि भएर उनी हरपल अरुको सहयोगको लागि तयार हुन्छिन् । बुबा बसन्त चौधरीले उनलाई सधै हौसला र प्रेरणा दिने गर्दछन् । वृक्ष जति माथि पुगे पनि झरा देखाउदैन भने जस्तै उनले पनि प्रतिष्ठित व्यापारिक घरनाको सदस्य भएको छनक कसैलाई पनि देखाउँदिनन् । राम्रो काम गर्दै गए पछि पैशा भन्ने कुरा आउँछ, त्यसैले राम्रो कर्म गर्नु पर्ने उनका बुबाले भनेको कुरालाई आत्मसाथ गरेर मेघा अघि बढेकी छिन् ।
परिवारको सहयोगको कारण आफुलाई काम गर्न सहज भएको मेघा बताउँछिन् । आफुले राम्रो काम गरेको कारण परिवारको सहयोग पाएको उनको अनुभव छ । सेवा गर्नु नै ठुलो धर्म भएको मेघा बताउँछिन् । महिलालाई सक्षम बनाएर अघि बढ्न सहयोग गर्नु पर्दछ तर कोटा छुट्याएर मात्र नहुने उनको तर्क छ । अगाडी बढ्नका लागि वातावरण हुनु पर्ने मेघाको बुझाइ छ । सानो भएपनि आफ्नै व्यवसाय गर्न उनी युवाहरुलाई आग्रह गर्छिन । कामलाई सम्मान गर्ने सोचको विकास गर्नु पर्ने उनको धारणा छ । विदेशमा जति दुःख नेपालमा गर्ने हो भने धेरै सफल हुने मेघा बताउँछिन् । कामलाई आफैले सम्मानित बनाउने हो र काम गर्दा लजाउन नहुने उनी बताउँछिन् ।
जीवनमा उनी सधै खुशी भएको बताउँछिन् । बुबा विरामी भएको क्षण उनको लागि दुःखको क्षण हो । राम्रो कुरामा थोरै पैशा लगायो भने त्यो फर्केर आउँछ । त्यसैले दुःखी गरिबलाई सहयोग गर्न उनी आग्रह गर्छिन ।
काठमाडौं र भारतमा उच्च शिक्षा लिएकी उनी काम र परिवारलाई व्यवस्थापन गर्न गाह्रो नभएको बताइन । श्रीमान्, सासुससुरा, छोरी र देवरको साथ खुशी जिवन विताइरहेकी छन् ।

प्रस्तुति : मनोज थापा

 

यो पनि हेर्नुस

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.