शिखर चुम्ने सपना

 

डोमा शेर्पा
पत्रकार /आरोही

डोमा शेर्पा अहिले पहिलो पत्रकार शेर्पा महिलाको रुपमा विश्वको अग्लो सगरमाथा आरोहन गरेर किर्तिमानी राख्ने तयारीमा छिन् । हिमाली जिल्ला सोलखुम्बुमा जन्मेकी शेर्पा सन् २०१० वाट नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छिन् । अनलाईन मिडियाबाट पत्रकारिता सुरु गरेकी शेर्पाले रेडियो र टेलिभिजनमा काम गरिसकेकी छिन् । अहिले आफ्नै अनलाईन सुरु गरेकी शेर्पा सानैदेखी अतिरक्ति क्रियाकलापमा सधै द्धितिया वा तृतिय हुने गर्दथिन् । भविष्यमा मिडिया क्षेत्रमा लाग्छु भन्ने सोचका साथ अघि बढेकी उनले व्रिलेन्ट कलेजबाट प्लस टु शिक्षा लिइन भने मिडिया टेक्नोलोजिमा स्नातक पुरा गरेकी छिन् । अहिले उनी एमएको अध्ययन गर्दै छिन् । सानैदेखीको सपना पुरा हुँदा उनी दंग छिन् र भन्छिन्– ‘सुरुमा भाषाको कारण धेरै दुःख भए पनि संर्घषले आज सफल भएकी छु । अझै मिडियाको क्षेत्रमा केहि गर्ने प्रण छ ।’
हिमालसंगको उनको सम्बन्ध गहिरो छ । हिमालकै काखमा जन्मेकी शेर्पा अहिले विश्व किर्तिमानी राख्ने अभियानमा छिन् । पहिलेदेखी नै ट्रेकिङ जाने शेर्पालाई घुम्न एकदम मन पर्छ । त्यहि भएर उनी अहिले सगरमाथा आरोहणको तयारी तिब्र बनाएकी छिन् । उनले ६ हजार मिटर माथिको अग्लो हिमाल सफल आरोहण गरिसकेकी छिन् ।
आफ्नो क्षमतालाई पहिचान गरेर काम गरेमा सफलता हात लाग्ने शेर्पा बताउँछिन् । जुन सुकै क्षेत्रमा पनि क्षमताले टिक्ने भएको हुँदा सक्षम हुन जरुरी भएको शेर्पाको भनाइछ । महिलाहरु कमजोर छैनन् भन्ने प्रमाणित गर्नका लागि पनि सक्षम हुनु पर्ने उनको तर्क छ । पुरुषको तुलनामा महिलालाई काम गर्न केहि गाह्रो हुने भए पनि उनीहरु साथ सहयोग र हौशलाको खाचो भएको शेर्पाले देखेकी छिन् । शहर र ग्रामिण भेगको महिलालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनी बताउँछिन् । सुविधा र शिक्षाका दृष्टिले शहरी क्षेत्रका महिला सक्षम हुने भएपनि अझै पनि ग्रामिण भेगका महिलाहरु बाहिर आउन समेत नसकेको उनले देखेकि छिन् । त्यसैले ग्रामिण क्षेत्रका महिलाहरु बाहिर आउने वातावरण सबैले मिलाउनु पर्ने उनको मान्यता छ ।
उनी नेपालका सञ्चारमाध्यम महिला मैत्री हुनु पर्ने उनी बताउँछिन् । उनको लक्ष्य भनेको पत्रकारिता मार्फत समाज रुपान्तरण गर्दै देशको पर्यटन क्षेत्रमा टेवा पु¥याउनु हो ।

प्रस्तुति : मनोज थापा

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.