बक्सिङका प्रचण्ड शर्मा

प्रचण्ड शर्मा
वरिष्ठ बक्सिङ प्रशिक्षक

प्रचण्ड शर्मा अहिले नेपाली बक्सीङ खेलको वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत छन् । सानैदेखी बक्सिङ खेलमा कडा मेहनतका साथ प्रशिक्षण लिएकै कारण आज उनी सफल प्रशिक्षकको रुपमा चर्चित छन् । पढाईमा तेज भएका उनी कडा स्वभावका थिए । त्यहि देखेर मामाले उनलाई बक्सिङ खेलमा जान सुझाव दिए, त्यहि नै उनको जीवनको महत्वपूर्ण पल बन्न पुग्यो । हावा पानी केहि नभनि प्रचण्ड शर्मा बक्सिङ खेलमा निरन्तर लागि रहे । कडा मेहनतको फल मिठो हुन्छ भने झै उनको जीवनमा पनि त्यहि भयो । आज राष्ट्रिय खेलकुद परिषद्मा वरिष्ठ बक्सिङ प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । करिब आठ वर्ष उनले बक्सिङको मुख्य प्रशिक्षकको रुपमा समेत जिम्मेवारी सम्हालि सकेका छन् । २०३८ सालबाट खेल जीवन सुरु गरेका शर्माको मेहनत र लगन देखेर प्रशिक्षक लक्ष्मणशमशेर थापाले उनलाई सन् १९८६ मा अन्नराष्ट्रिय खेलमा खेल्ने अवसर दिए । उनको व्यवसायीक खेल सुरुवात नै अन्तराष्टिूय खेलबाट भएको हो । पाँच वटा भन्दा बढि अन्तराष्टिूय खेल खेलेका उनी राष्टिूय खेल पनि धेरै नै खेलेका छन् । प्रतियोगितामा सहभागी भएर उनले धेरै मेडल जितेका छन् । उनी पहिलेको समयलाई खेलाडीको लागि स्वर्णिम युग भएको बताउँछन् । खेलाडीको लागि सेवा सुविधा राम्रो थियो । जसको कारण खेलाडीले राम्रोसंग खेल्न सकेको उनको अनुभव छ । राष्टिूय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको सहभागी राम्रो हुने भएको हुँदा बक्सिङ खेलाडीको भविष्य राम्रो भएको शर्मा बताउँछन् ।

खेलाडीको मात्र होइन अहिले बक्सिङ क्षेत्रमा प्रशिक्षक उत्पादन हुने सकेको छैन् । अब केहि समय पछि खेल प्रशिक्षक नै नहुने अवस्था आउने शर्माले स्पष्ट पारे । खेलाडी र प्रशिक्षकको बारेमा सम्बन्धीत निकाय जिम्मेवार भएको देखिदैन । यसको कारण नेपाली खेल क्षेत्रको भविष्य माथि नै प्रश्न चिन्ह खडा भएको छ । 

 

तर समय परिर्वतन भए पनि राजनीतिक स्वार्थको कारण खेल क्षेत्रको विकास हुन नसकेको उनको तितो अनुभव छ । खेल क्षेत्रको नेतृत्वमा पुगेकाहरुले कुरा मात्र गर्नाले आज खेल क्षेत्रमा आउने खेलाडीहरुको भविष्य अन्यौलग्रस्त भएको शर्मा बताउँछन् । आफ्नो खेलाडी जीवनमा खेलाडीलाई क्याम्पमा राखेर प्रशिक्षण दिनेदेखी भत्ता लगायतका सुविधा हुने शर्मा स्मरण गर्दछन् । खेलाडीको लागि २०४६ सालमा नै १५० खुराक भत्ता थियो भने विदेश खेल्न जादा हरेक दिन भत्ता दिएको हुन्थ्यो तर आज जम्मा ३०० रुपैया खुराक भत्ता छ भने अरु केहि सुविधा छैन् अनि कसरी खेलाडीले खेल्न सक्छ उनी प्रति प्रश्न गर्दछन् । महंगीले सिमा नागेको अवस्थामा खेलाडीले पाउने सेवा सुविधा नबढ्दा आज धेरै खेलाडी पलायन भएका छन् । खेल क्षेत्रबाट विश्वलाई चिनाउन सकिने अवस्था भए पनि नेपालको भने विश्व सामु खराव प्रर्दशन जारी छ । यसको मुख्य जिम्मेवार भनेको खेल क्षेत्रको नेतृत्वकर्ता नै हो । राजनीतिक नेतृत्वले खेल क्षेत्रको महत्व नबुझ्दा आज नेपालको समंग्र खेल क्षेत्रको भविष्यमा अनौल्यता देखिन्छ । २०४६ साल पछि आएको राजनीतिक परिर्वतनले खेल क्षेत्रको अनुशासन हराउँदै गएको उनले देखेका छन् । खेल क्षेत्रमा अनुशासन नै महत्वपूर्ण भएको शर्मा बताउँछन् । बक्सिङ खेलमा अहिले न प्रशिक्षण दिने राम्रो स्थान छ न खेल नै समयमा हुन्छ । यसले गर्दा खेलाडीले केहि गर्न नसकेको शर्मा बताउँछन् । अनुशासन विना खेलाडी बन्न नसक्ने शर्मा स्पष्ट पार्छन ।
२०२३ सालमा काठमाडौंमा जन्मेका शर्माले शान्ति गृहबाट २०३९ सालमा एसएलसी पास गरेका हुन । उनले सरस्वती क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् भने भारतबाट खेल प्रशिक्षक सम्बन्धी कोष पुरा गरे । २०४६ साल भन्दा अघिको समय नै नेपालको खेल क्षेत्रको स्वर्णीम युग भएको र त्यो बेला धेरै अन्तराष्ट्रिय खेलमा धेरै मेडल जितेको उनी स्मरण गर्दछन् । आज अन्तराष्ट्रिय खेलमा सहभागी हुनु पनि ठुलो कुरा हुने अवस्था आएको शर्माले देखेका छन ।
बक्सिङ खेलाडीबाट सन् १९९९ देखी प्रशिक्षकको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका शर्मा खेलाडी जीवन भन्दा प्रशिक्षक हुनु धेरै फरक र बढि जिम्मेवारी बढ्ने बताउँछन् । खेलकुद क्षेत्रमा भएका संघहरुमा आफ्नो जिम्मेवारी भन्दा पनि राजनीतिक बढि हुने हुँदा खेल भन्दा पनि आफ्नो स्वार्थमा केन्द्रीत भएकोले खेल क्षेत्रले प्रगति गर्न हुन नसकेको शर्माले बताए । उनी भन्छन्–‘बक्सिङ खेलमा वार्षिक क्यालेण्डर नै नहुँदा खेलाडीहरु अन्यौलमा पर्ने गरेका छन् ।’ खेल क्षेत्रको समस्या देखेर शर्मालाई पीडा हुने गरेको छ । खेलाडीको मात्र होइन अहिले बक्सिङ क्षेत्रमा प्रशिक्षक उत्पादन हुने सकेको छैन् । अब केहि समय पछि खेल प्रशिक्षक नै नहुने अवस्था आउने शर्माले स्पष्ट पारे । खेलाडी र प्रशिक्षकको बारेमा सम्बन्धीत निकाय जिम्मेवार भएको देखिदैन । यसको कारण नेपाली खेल क्षेत्रको भविष्य माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
परिवारको साथ र सहयोगको कारण बक्सिङ खेलमा समय दिन पाएकोमा शर्मा दंग छन् । जीवनलाई प्रक्रियाको रुपमा लिने उनी जन्मे पछि केहि राम्रो काम गर्न सक्नु पर्छ भन्ने मान्यता राख्दछन् । नयाँ आउने खेलाडीका लागि आफ्नो भविष्यको बारेमा सोचेर आउन सल्लाह दिन्छन् । खेल क्षेत्रमा नै जीवन बिताउन भने कठिन हुने अवस्था रहेको छ । २०५४ सालमा विवाह गरेका शर्मा अहिले श्रीमति र छोरीको साथ खुशी जीवन विताइरहेका छन् ।

प्रस्तुति : मनोज थापा

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.