‘अफर भित्र पनि मेगा अफर’

 

अर्थ नेपाल संवाददाता
काठमाडौं /एप्पल वल्र्ड मोबाइलले दसैं र तिहारको अवसर पारेर ग्राहक लक्षित ‘अफर भित्रपनि मेगा अफर’को योजना ल्याएको छ ।
राजधानीको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।
मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आरवानफाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने जनाइएको छ ।
एप्पल वल्र्ड मोबाइलमा मोबाइल एक्सचेन्ज गरि ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत ग्राहकले पाउने जनाइएको छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहार प्राप्त गर्न सक्ने छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.