कामना सेवा र इष्टर्न एजेन्सीबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीबीचमा व्यापार सम्झौता भएको छ । यस सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा. लि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेको छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology