१२५ सीसीको पल्सर नियोन सार्वजनिक

काठमाडौं –बजाज अटोले भारतीय बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा बजारमा ल्याएको हो।

यसको लुक्स पल्सर १५० नियोन जस्तै छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय आरपिएममा ११ एनएम टर्क जेनेरेट गर्छ।

५ स्पिड गेयर बक्स रहेको यो बाइक जुनसुकै गेयरमा स्टार्ट गर्न सकिन्छ। भारतीय बजारमा ड्रमको मूल्य ६४ हजार र डिस्कको मूल्य ६६ हजार ६ सय १८ भारु निर्धारण गरेको छ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology