स्वयम्भूमा गोली हानेर लुटेरा पक्राउ

काठमाडौं -प्रहरीले काठमाडौंको स्वयम्भूमा गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् ।
लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology