सिद्धार्थ बैंकका ३ नयाँ शाखा

काठमाडौं- सिद्धार्थ बैंकले काठमाडौंको नेपालटार, भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकमभुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बताएको छ।

बैंकले देसभरि १५९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७२ एटिएम र १३ सय बढी पिओएस मेसिनमार्फत बैंकिङ कारोबार गर्दैआएको छ।

"अर्थ नेपाल डट कम प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.arthanepal@gmail.com मा पठाउन सक्नु हुनेछ ।"

© 2024 arthanepal.com All right reserved Site By : SobizTrend Technology