नेशनल माइक्रोफाइनान्सको नाफा ५४ प्रतिशतले बढ्यो

काठमाडौं – १५ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ९ करोड २७ लाख रुपैयाँ कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड रुपैयाँ कमाएको थियो ।

ब्याज तथा आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले १८ करोड ३८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवघिको तुलनामा ५१ दशमलव २३ प्रतिशतले बढी हो । सञ्चालन मुनाफा १४ करोड ५७ लाख रहेको छ ।

बचत तथा कर्जा
नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ बचत संकलन गरी ३ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसले कर्जामा ५६ दशमलव २८ प्रतिशतले वृद्धि गरेको हो ।

सुचकहरु
निष्कृय कर्जा १ दशमलव ५७ प्रतिशत, जोखिम युक्त सम्पत्ति, प्रतिशेयर आम्दानी वार्षिक ८१ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ३० गुणा र प्रतिशेयर नेटवर्थ २ सय ३४ दशमलव ०३ रुपैयाँ रहेको छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology