बैशाख २६ गते आरम्भ माइक्रोफाइनान्सको साधारण सभा हुने

काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी वैशाख २६ गते साधारण सभा हुने भएको छ । उक्त साधारण सभाको लागि आगामी वैशाख १८ गते बुक क्लोज हुने भएको छ । माइक्रोफाइनान्सले विशेष साधारणसभामा जाने प्रयोजनको लागि एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।

सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology